काठमाडौं, २८ चैत । नेपाल कृषि मेशिनरी व्यवसायी संघले नब नियुक्त कृषि तथा पशुपन्छी बिकाश मन्त्रालयका माननिय मन्त्री ज्वाला कुमारी साहलाई बधाई तथा कार्यकालको शुभकामना सहित १४ बुदेँ ज्ञापन पत्र पेश गरेको छ ।
संघका अध्यक्ष कृष्ण शर्माले नेपालको कृषि क्षेत्रको बिकाशको लागि सरकारसंग हातेमालो गर्न संघ संधै तयार भएको बताए । संघका पदाधिकारीहरुले कृषि यान्त्रिकरण तथा प्रविधिको प्रयोग बिना कृषिबाट अपेक्षित लाभ लिन नसक्ने भएकोले यो क्षेत्रलाई सरकारले प्राथमिकता राख्न अनुरोध गर्दै आगामी बजेटमा ज्ञापनपत्रका बुद्धाहरु समाबेस गर्न अनुरोध समेत गरेका छन् ।
बिज्ञापन
सो भेटघाटमा उपाध्यक्ष सुनिता न्हेम्हाफूकी, महासचिब अर्जुन लुईटेल, कोषाध्क्षय श्रीकृष्ण अधिकारी, कार्यसमिती सदस्य शकुन्तला सुबेदी दाहाल, रोसन प्रसाद ढकाल तथा पूर्ब अध्यक्ष स्बयूम्भु कृष्ण श्रेष्ठको उपस्थिती रहेको थियो ।
बिज्ञापन
ज्ञापनपत्रमा कृषि यान्त्रिकरण प्रविधिलाइ महत्वपूर्ण कृषि इनपुटको रुपमा राख्नु पर्ने, कृषि यन्त्र र उपकरणहरुको प्रदर्शन गर्न र यस सम्वन्घि तालिम प्रदान गर्न आवास सहितको राष्ट्रिय स्तरको प्रदर्शनी तथा तालिम केन्द्र निर्माण गर्नु पर्ने, कृषि यान्त्रिकीकरणको विकाशको लागी नेपाल सरकार अन्तरगत छुट्टै केन्द्रको स्थापना गर्नु पर्ने, सार्वजनीक नीजी साझेदारीको विकाश साथै अध्ययनमा जोड दिनु पर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन नीति लिनुपर्ने माग राखिएको छ ।
बिज्ञापन
त्यसैगरि, भन्सारमा छुट गर्नु पर्ने, गुणस्तर र मापदण्डमा एकरुपता कायम गर्दै प्रमाणीकरण गर्नु पर्ने, भू उपयोग निती कार्यानवयनमा ल्याउनु पर्ने, किसानले यन्त्र, उपकरण, प्रविधिहरु आपैm छान्न पाउनु पर्ने, यन्त्र तथा प्रविधिलाई सरोकारवाला संग सहकार्यमा बीमा तथा वित्तीय सुविधाको लागी पहल गरिनु पर्ने, एक पालिका, एक वर्कशप, एक पालिका एक नर्सरी घर, महिला र जलवायु मैत्री कृषि यान्त्रिकरण प्रविधिमा जोड दिनु पर्ने र यान्त्रिकरण प्रविधिको लागी छुट्टै बजेट विनियोजन गरिनुपर्ने मागहरु रहेका छन् ।