काठमाडौँ– रामेछाप जिल्ला दोराम्बा शैलुङ्ग गाउपालिका–७ का आगलागी पिडितलाई समाजसेवी युवा व्यावसायिक नेपाल तरुण दल जिल्ला कार्यसमिति सहसचिव खड्क बहादुर लामा (रेशम) ले आर्थिक सहयोग गरेका छन् ।
बिज्ञापन
आगलागीबाट घर पुर्ण रुपमा क्षति भएका छेवाङ नाम्गेल तामाङलाई रेशमले गाँस बासको व्यवस्थाका लागि केहि नदग आर्थिक सहयोग गरेका हुन् ।
बिज्ञापन
सो सहयोग हस्तान्तरणमा नेपाली काग्रेसका युवा नेता मान्धवज लामा तरुण दल जिल्ला सदस्य बिजय तमाङ दोराम्बा शैलुङ्ग गाउपालिका वडा नं ७ का वडा अध्यक्ष प्रविण कुमार मोक्तान , दोराम्बा शैलुङ्ग गाउपालिका वडा न ७ का नेपाली काङ्ग्रेस इकाइ सभापति नारायण राज मल्ल र वडा सदस्य चन्द्र तामाङलगायतको उपस्थिती रहेको थियो ।