काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेका नेताद्वय डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा नेतृत्व चयनको प्रक्रियाबाट अलग भएका छन् ।
बिज्ञापन
डा. सुनिल शर्माले भृकुटीमण्डपबाट नेतृत्व चयनले पार्टी फुटाउने भन्दै आफूहरू नेतृत्व चयन प्रक्रियाबाट अलग्गिने र एकताका लागि अन्तिमसम्म पहल गर्ने नेपाल प्रेसलाई बताए ।
उनले भने, ‘विशेष महाधिवेशन पक्षधरको भावनासँग एक भएर सहभागी भएको हुँ । दुवै पक्षलाई मिलाउन निरन्तर संवादमा छु । तर, पनि दुईवटा अलगअलग नेतृत्व बनाउने कुरामा मेरो असहमति छ ।’
बिज्ञापन
त्यस्तै भण्डारीले पार्टी विभाजनको पक्षमा आफू नरहेको भन्दै एकपक्षीय नेतृत्व घोषणा गर्ने पक्षमा नरहेको बताए ।
















