कालिकोटमा प्रचण्ड र भुपेन्द्रजंग शाहीको टक्कर

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले कालिकोटबाट निर्वाचन लड्ने तयारी गरेसंगै राजनिति बृतमा चर्चा चुलिएको छ। बिभिन्न ठाँउमा पटकपटक निर्वाचन क्षेत्र परिवर्तन गरिरहने प्रचण्ड को यसपटक भने कालिकोटबाट एकल सिफारिस गरिएको निर्णयमा थप चुनौति देखिएको छ। त्यसैगरी नेपाली कांग्रेसका तर्फवाट सिफारिस हुनुभएका कालिकोट देखि राष्ट्रीय राजनितिमा प्रभाव राख्ने प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीको आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी बिच कडा टक्कर हुने संभावना देखिएको छ। शाही कालिकोटबाट संविधान सभा सदस्य २०७० र प्रतिनिधि सभा सदस्य २०७४ मा प्रत्यासी थिए । केहि प्राविधिक कारणले जित्न नसकेपनि युवा नेता शाहीले लोकप्रीय मत पाएका थिए । ने विस संघ र नेपाल तरुण दलको केन्द्रीय महामन्त्री पृष्ठभुमी हुदैं कांग्रेस पार्टी भित्र राजनितिमा युवाको तर्फवाट कडा तर्क र अन्यायको खुलेर बिरोध गर्ने नेतामा पर्दछन । शाहीले हिजो मात्रै एक स्टाट्स लेख्दै जनता भगवान हुन, बाँकी फैसला कालिकोटका जनताको हातमा भन्दै सार्वजनिक गरेका थिए। उक्त पोष्टमा उहाँको पक्षमा सकरात्मक अधिकांश रोचक टिप्पणी हरु समेत आएका छन्। शाही बिगत २ महिना कालिकोटको गाँउ गाँउ वस्ति भेटघाट अभियान सकेर काठमाडौं आईपुगेका छन यसपटक युवा नेता भुपेन्द्रजंग शाही कालिकोटमा यसपटक जित निकाल्ने पक्षमा कडा रुपमा लागेको समेत कुरा बुझिएको छ। त्यसैगरी नेकपा एमाले र बिप्लव निकट नेताहरु पनि अगाडि निर्वाचनमा बिभिन्न उम्मेदवार तयारी गरिरहेको देखिएको छ। आगामी फागुन २१ हुने निर्वाचन भयरहित बनाउन सरकार र दलिय नेताहरु बिच छलफल र सहकार्य हुदैं आईरहेको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु