काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले जेनजी आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्रका भए भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने बताएका छन् । उनले समयमा नै राजनीतिक दल र नेताहरूले सुझबुझ सहित आफूले गरेका गल्ती र राजनीतिक अपराधिकरणलाई आत्मसमीक्षा गरेर सच्याउन आवश्यक रहेको उनको भनाइ छ ।
बिज्ञापन
उनले भनेका छन्, ‘गल्ती सच्याउन तयार नहुने हो भने र जेनजी आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्रका तानाबुना बुनिरहने हो भने भविष्यमा यो भन्दा ठुलो विद्रोह हुने निश्चित छ ।’
बिज्ञापन
जेनजी युवाहरूको आन्दोलनलाई आम जनताको आन्दोलन मानेर प्रत्यक्ष कार्यकारीको निर्वाचन, एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा हुन नपाउने, एउटै निर्वाचन क्षेत्रबाट कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी सांसद हुन नपाउने, दुई कार्यकाल बीचमा अनिवार्य अन्तराल हुनु पर्ने उनको भनाइ छ ।
दुई कार्यकाल भन्दा बढी कोही पनि व्यक्ति पार्टी सभापति÷अध्यक्ष बन्न नपाउने, ४ वर्षमा दलहरूको अनिवार्य महाधिवेशन हुनु पर्ने, स्वतन्त्र न्यायपालिका निर्माण गर्न न्यायाधिशहरूको राजनैतिक नियुक्तिको परिपाटी हटाई लोकसेवा आयोग जस्ता निष्पक्ष निकायबाट योग्य व्यक्तिहरूलाई न्यायाधीश नियुक्त गरिनु पर्ने उनको भनाइ छ ।
बिज्ञापन
जीविकोपार्जनको सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई (एनआरएन) राजनैतिक अधिकार बाहेक अन्य अधिकारहरू सुनिश्चित गर्ने साथै आर्थिक रुपमा विपन्न आमाबुबाहरूलाई आफ्ना छोराछोरीलाई उच्च शिक्षामा अध्ययन अध्यापन गराउन सहजपुरमा १ प्रतिशत ब्याजदरमा सफ्ट लोन लिन पाउने व्यवस्था गर्ने र १० लाख सम्मको निःशुल्क स्वास्थ्य बिमा हुनु पर्ने जस्ता आम जनताका आधारभूत आवश्यकताहरूलाई सम्बोधन गर्ने कार्य संविधानबाटै गरिएन भने आजको १०/१५ वर्ष भित्रमा फेरि यो भन्दा ठुलो आन्दोलन हुने उनको बुझाइ छ।
उनले भनेका छन्, ‘यस पटक जेन्जी आन्दोलनमा नेताहरू कुटिए मात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरू खोजी खोजी पासविक रूपमा मारिने छन् । आफ्नै घरमा पनि मानिसहरू सुरक्षित नहुने र हामीले कल्पना गरे भन्दा पनि बढी मानिसहरूले ज्यान गुमाउने परिस्थिति आउन सक्छ ।’