असोज ०३ । ठुलीभेरी नगरपालिकाका वडा ११ रहमा ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढा को पहलमा र केन्द्रिय सदस्य कर्ण बहादुर बुढाको नेतृत्व र जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकाया, नगर उपप्रमुख छिरिङ टोल्मा महत ,नेपाली कांग्रेस डोल्पाका सचिब द्दोय हिक्मत शाही, दशरथ रोकाया,वडा अध्यक्ष एबम नगर प्रबक्ता सुबास कठायत अध्यक्षहरु तेज बहादुर रोकाया,भक्त बहादुर भण्डारी लगायत नेता कार्यकर्ताको उपस्थितिमा र वडा कार्यसमिति एबम नेपाली कांग्रेस ठुलीभेरी नगरपालिकाका नगर सभापति यज्ञ बहादुर कार्की ,जिल्ला कार्यसमिति सदस्य श्रीनारायण कार्कीको सयुक्त्त आयोजनामा नेकपा एमाले ,नेकपा माओवादी लगायत अन्य दलबाट ५१ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ।
बिज्ञापन
नेपाली कांग्रेसलाई सुदृढीकरण गरि संगठन बिस्तारमा जोड दिदै अगाडी बढ्ने र आगामी निर्वाचनमा सम्म नेपाली कांग्रेस जिल्ला कै पहिलो पार्टी निर्माण शक्ति बनाउने नेता एबम केन्द्रिय सदस्य कर्ण बहादुर बुढाले बताएका छन ।नेपाली कांग्रेसले निर्वाचन जिते मात्र सुशासन र मितब्यापिता कायम हुने भ्रस्टाचार निर्मुल हुने स्पष्ट धारणा ब्यक्त गरेका छन। उदाहरणका लागी डोल्पाका स्थानीय तहमा ठुलीभेरी नगरपालिकालाई उदृत गर्दै सुशासनमा पालिका अगाडी बढेको पनि बताएका छन।
बिज्ञापन
त्यस्तै बोल्दै कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायले पनि जिल्लामा भए गरेका काम सबै गर्न सक्ने र जनताकै लागी दिनरात नभनी काम गरेको बताएका छन। कसैले कुनै कार्यालयमा कुनै बहाना बाजिमा काम रोक्यो भने तत्काल आफुलाई सम्झन पनि आग्रह गरेका छन।
कार्यक्रमका मुख्य डिजाईनर एबम विशेष अतिथि ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढाले जिल्लावासिको समस्या हल गर्न नगरबस खरिद गरि सेवा दिरहेको बताए साथै सदरमुकामको नगर भएको हुँदा आफ्न नगरपालिका भन्दा जिल्ला बासिकै अभिभावक समेत भएको हुँदा फ़ोहोर ब्यबस्थापन गर्न डम्पिङ सेन्टर निर्माण गरिरहेको र फोहोर ब्यबस्थापन गर्न ट्याक्टर सम्म नगरपालिकाबाट खरिद गरि काम नियमित गरिएको बताएका छन। दुनै मा जनसंख्याका कारण फोहोरबा कुनै किसिमको रोग नफैलियोस भन्ने उदेश्यका साथ फोहोर ब्यबस्थापन गरिएको बताएका छन। त्यस्तै सडक निर्माणका लागी बजेट ब्यबस्थापन गर्न र करको दायारा बढाएर कर संकलन गरि आयआर्जनमा पालिकालाई आत्मनिर्भर गर्न डोजर खरिद गरिएको बताएका छन। जनता बिरामीबाट गाउँ घर मै ज्यान नजाओस् भनी एम्बुलेन्स समेत पालिकाले ब्यबस्थापन गरेको पनि बताएका छन। आफू निर्वाचनमा जादा रह १०,११ मा मोटर बाटो पुर्याउने संकल्प गरेको र अहिले नियमित काम गर्दै फुन्हल्दुवासम्म पुगेको र आफ्नै कार्यकालमा गाउँसम्मै पुग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। रह स्वास्थचौकीमा बर्तिङ सेन्टरलाई पनि आफ्नै पालामा संचालनमा ल्याउने पनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ।अन्य समस्या जनताको गुनासो र आवश्यकता अनुसार सम्बोधन गर्दै जाने पनि बताउनु भएको छ।
बिज्ञापन
अन्य पार्टीका नेताहरुले पनि बोल्दै आगामी दिनहरुमा आफुहरु रहबासिकै पक्षमा दिनरात नभनी काम गर्ने बताएका छन।