राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ।
बिज्ञापन
ग्रिनकार्ड खारेज गरिएपछि अमेरिकाबाट निष्कासित भएका थापा एक साताअघि काठमाडौं आइपुगेलगत्तै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा हाजिर भएका थिए।
बिज्ञापन
ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ।
म्याग्दी घर भएका थापाको अमेरिकी प्रशासनले ग्रिनकार्ड खारेज गरेपछि उनलाई नेपाल फिर्ता पठाएको हो। उनी गत साउन २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।
बिज्ञापन
विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई सिधै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको जिम्मा लगाएको थियो।
मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले थापा ब्युरोमा हाजिर भएको पुष्टि गरे।
उनका अनुसार, थापालाई आवश्यक कागजपत्र तथा फारम भर्न लगाएर छाडिएको छ। ‘उहाँ एक साताअघि आउनुभएको हो, हामीले आवश्यक प्रक्रिया पूरा गरेर कागज गराई छाडेका छौं,’ एसएसपी पंगेनीले भने।
थापा रास्वपाका पूर्व केन्द्रीय सदस्य हुन् र पार्टी सभापति लामिछानेका निकट सहयोगी मानिन्छन्।