केएमसीको स्वास्थ्य टोली काभ्रेको पाँचखालमा, पाँच सयको निःशुल्क परीक्षण

काभ्रे । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बिज्ञापन

पाँचखाल नगरपालिका र लायन्स इन्टरनेशनलको आयोजनामा भुवनेश्वरी आवासीय विद्यालयमा भएको स्वास्थ्य शिविरमा ४ सय ९६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिज्ञापन

शिविरमा ९६ जनाको ल्याब परीक्षण, ८६ जनाको भिडियो एक्सरे, ६७ जनाको ईसीजी गरिएको थियो ।

२८ जनाको दाँत खोलिएको थियो भने १८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।

बिज्ञापन

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु