दाङ, शान्तिनगर।
शान्तिनगर गाउँपालिकाले समावेशी, समतामूलक र स्वच्छ ऊर्जा पहुँचको दिशामा ऐतिहासिक पाइला चाल्दै “शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर” भन्ने नारासहित अभिनव कार्यक्रम सार्वजनिक गरेको छ।
बिज्ञापन
गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनबाट पारित नीति तथा कार्यक्रममार्फत अघि सारिएको यो योजना अन्तर्गत शान्तिनगर गाउँपालिका भित्रका सम्पूर्ण ग्राहकहरूको न्यूनतम विद्युत महशुल शुल्क गाउँपालिकाले नै नेपाल विद्युत प्राधिकरणमा दाखिला गर्ने व्यवस्था मिलाइएको छ।
बिज्ञापन
यसबाट गाउँपालिकाभित्रका सबै घरधुरीमा उज्यालो पुगोस् भन्ने उद्देश्य लिएको छ। आर्थिक अभावका कारण विद्युत सेवाबाट वञ्चित हुँदै आएका नागरिकहरूको घरमा समेत अब स्वच्छ ऊर्जा पुग्नेछ।
शान्तिनगर गाउँपालिकाका प्रमुख प्रमोद बस्नेतले यो कार्यक्रम लुम्बिनी प्रदेशमै पहिलोपटक सार्वजनिकरूपमा नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिएका छन्।
उनका अनुसार, “यो कार्यक्रम सेवा भावले ल्याइएको हो। उज्यालो जीवन हरेक शान्तिनगरवासीको हक हो भन्ने विश्वासका साथ हामी अघि बढेका छौँ।