जेठ ३१ गते विश्व चर्चित जापानी जादुगर ज्याक १२ पहीलो पटक नेपाल आउदै, नेपाली कलाकारहरूसमेत सहभागी हुने

नेपाल–जापान सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा एक भव्य सांस्कृतिक कार्यक्रम ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ आयोजना गरिने भएको छ।

बिज्ञापन

ओजी मिडिया हाउसको आयोजनामा तथा B. To B. Consultancy को मुख्य प्रायोजनमा आयोजना हुने कार्यक्रममा विश्व चर्चित जापानी जादुगर ज्याक १२ (Jack 12) ले प्रत्यक्ष जादु प्रस्तुत गर्नेछन्।

बिज्ञापन

ज्याक १२ ती चर्चित कलाकार हुन्, जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घाटन समारोहमा समेत आफ्नो प्रस्तुति दिइसकेका छन्। अब उनले नेपाली दर्शकमाझ पहिलोपटक जादुको अनुपम संसार देखाउनेछन्।

कार्यक्रम शनिबार, जेठ ३१ गते, २०८२ (June 14, 2025) मा सुकेधारास्थित नवदुर्गा पार्टी भेनुमा आयोजना हुनेछ।

बिज्ञापन

जादुसँगै संगीत र नृत्यको फ्युजन प्रस्तुति रहेको यस कार्यक्रममा नेपाली चर्चित कलाकारहरूद्वारा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिनेछ।

कार्यक्रमका संयोजक खगेन्द्र अधिकारीका अनुसार, “यो कार्यक्रम नेपाल–जापानको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण प्रयास हो। नेपाली दर्शकहरूले अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन एकै मञ्चमा पाउनेछन्।”

कार्यक्रममा A.S. Nepal Japanese Language Academy, Galaxy Dream Education, Lalitpur Educational Consultancy, Kastuv Education, र Galaxy Global Int’l Consultant सह–प्रायोजकका रूपमा संलग्न छन्।

थप जानकारीका लागि सम्पर्क:
📞 +977-9851348712 / 9851357261

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु