तीनकुने प्रकरणमा दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम

तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा प्रतिवादी कायम गरिएको छ । २०८१ चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ८ जनालाई ज्यान मुद्दामा प्रतिवादी कायम बनाएर अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले रातोपाटीलाई बताए ।

बिज्ञापन

आगजनी गरेर पत्रका सुरेश रजकको हत्या गरेको कसुरमा ८ जनालाई सजाय गर्न सरकारी वकिलले माग दावी लिएको छ । कर्तव्य ज्यान मुद्दामा हरिहर चौलागाईं, सरोज गौतम, सतिष न्यौपाने, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सन्तोष सिलवाल ‘राजावादी’ र हेमराज थारुलाई प्रतिवादी कायम गरिएको छ ।

बिज्ञापन

काठमाडौँ जिल्ला अदालतमा कुल ६१ जनालाई प्रतिवादी कायम गरेर अभियोगपत्र दर्ता गरिएको छ । ४ जना बालबालिकाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोगपत्र दायर गरिने जिल्ला न्यायाधिवक्ता निरौलाले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु