काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् । उनले बाबुरामलाई मान्छेले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गरेको टिप्पणी गरेका हुन् ।
बिज्ञापन
पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत बुधबार रुकुम(पूर्व) पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराई प्रतिक्रियावादीसँग मिलेको समेत आरोप लगाए ।
बिज्ञापन
‘अब उहाँ खिइँदै खिइँदै पुरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ । प्रतिक्रियावादीले पनि पत्याउँदैन आजकल’, प्रचण्डले कटाक्ष गरे, ‘हाँसोको पात्र भएका छन् बाबुराम । कस्तो बुद्धि नभएको डाक्टर ? सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले २०७९ को निर्वाचनमा आफू भट्टराईको निर्वाचन क्षेत्र–२ बाट चुनाव लड्ने बेलामै पार्टी एकता गर्ने प्रस्ताव गरेपनि भट्टराईले नमानेको जिकिर गरे ।
बिज्ञापन
‘म गोरखाबाट चुनाव लड्दा पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन । कम्युनिस्ट पार्टी नाम राख्न चाहनुहुन्न । कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के हामी मर्ने बाबुरामका लागि ?’, उनले भने, ‘कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे ! त्यस्तोसँग के गरी एकता गर्नु ?’
प्रचण्डले बाबुरामबारे टिप्पणी गरिरहँदा दायाँबायाँ बसेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्द किशोर पुन पासाङ हाँसिरहेको सार्वजनिक एक भिडियोमा देखिन्छ ।