नेपाली कांग्रेस अछामको ढकारी गाउँपालिका कार्यसमितिका उपसभापति पदमबहादुर बुढाको भिरबाट लडेर मृत्यु भएको छ। सेती नदी किनारको तुरे भन्ने ठाउँमा उनको मृत्यु भएको हो।
बिज्ञापन
बुधबार तुरेस्थित खेतमा धानको बिउ राख्न गएका बुढा सेती नदीमा बगेको डुंगा बचाउने क्रममा भिरबाट खसेका थिए। नदी किनारमा रहेको डुं्गामा कपडा राखेर धानको बिउमा प्रयोग गरिने घाँसको पाला काट्न भिरमा गएका उनी नदीले डुंगा बगाएको देखेपछि डुंगा नियन्त्रणमा लिन दगुरेर तल झर्ने क्रममा भिरबाट खसेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले बताए ।
बिज्ञापन
उनका अनुसार अन्दाजी ४६ वर्षीय मृतक बुढा लामो समयसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा स्थानीयले शव भेटाएका थिए। ढकारी–४ बलाताका उनी कांग्रेस गाउँपालिका कार्यसमितिका उपसभापति हुन्।
अछाम र डोटीको सिमानामा रहेको सेती नदी किनारमा बलाताका स्थानीयका खेतबारी तथा गोठहरु छन् । जहाँ हरेक वर्ष यो सिजनमा खनजोतको चटारो चल्ने गरेको छ ।उनको शव सेती किनारबाट बलाता स्थित घरमा ल्याएको र शुक्रबार दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।