काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएको छ ।
बिज्ञापन
छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले दवाफार छलफल सकेर आज शिक्षा समितिलाई प्रतिवेदन पेस गरेको हो ।
बिज्ञापन
१५ परिच्छेद तथा १६३ दफामा रहेको विधेयकमा उपसमितिले १०१ दफामा परिमार्जन गरि १०८ बुँदामा प्रतिवेदन बुझाएको समिति संयोजक विश्वकर्माले जानकारी दिए ।
त्यस्तै, विधेयकमा १३ नयाँ दफा थप गरिएको, ४ दफा हटाइएको, १३ दफा नयाँ राखिएको र ६३ दफा यसअघिले सरकारले नै पेस गरेको विषयमा सदर गरिएको उनले बताए ।
बिज्ञापन
समितिले विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत चैत ८ गते ३५ दिनको समय दिएको थियो । समयमै नसकिएपछि २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो । दुई पटक गरेर ४५ दिनसम्म उपसमितिले छलफल गरेर आज प्रतिवेदन बुझाएको हो ।
उपसमितिले पेस गरेको प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई दिइएको छ ।