अमेरिका र चीनबीच आयात भन्सार कर अस्थायी रूपमा घटाउने सहमति

अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्।

बिज्ञापन

स्विट्जरल्यान्डमा भएको वार्तापछि सोमबार सार्वजनिक गरिएको सहमति अनुसार, दुवै देशले आगामी ९० दिनका लागि एकअर्काको आयातमा लगाइएको कर उल्लेख्य रूपमा घटाउनेछन्।

बिज्ञापन

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वार्तालाई “उत्पादक र रचनात्मक” भन्दै दुवै देशबीच सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गरे।

सहमति अनुसार, अमेरिका चीनबाट आयात हुने सामानमा लगाइँदै आएको कर ३०५ प्रतिशतमा झार्नेछ भने चीनले अमेरिका बाट आउने आयातमा १०५ प्रतिशतको दरमा कर घटाउनेछ।

बिज्ञापन

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनबाट आयात हुने सामानमा अमेरिका द्वारा १४५५ प्रतिशतसम्म भन्सार शुल्क लगाइएको थियो। जवाफमा चीनले समेत केही अमेरिकी उत्पादनमा १२५५ प्रतिशतसम्मको कर लगाउँदै दुई देशबीचको व्यापारिक सम्बन्ध तनावपूर्ण बनाएको थियो।

यी कडा करहरूले वित्तीय बजारमा उथलपुथल ल्याउनुका साथै विश्वव्यापी मन्दीको चिन्ता उत्पन्न गराएको थियो। भन्सार शुल्कमा अस्थायी सहमति भएसँगै अब व्यापारिक स्थिरता फर्किने र विश्व अर्थतन्त्रमा सकारात्मक संकेत देखिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु