तारकेश्वर नगरपालिकामा संवादको नयाँ अभ्यास – पालिकापछि वडास्तरमा ‘चिया छलफल’, वडा नं. १ साङलाबाट सुरुवात

तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जनको अग्रसरतामा सुरु भएको ‘चिया छलफल कार्यक्रम’ अब वडास्तरसम्म विस्तार गरिएको छ। नगर प्रमुख महर्जनले यसअघि पालिकास्तरमै नगरवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यक्रम सञ्चालन गरिसकेका थिए। अहिले वडा नं. १, साङलाबाट वडास्तरीय कार्यक्रमको शुभारम्भ हुँदैछ।

बिज्ञापन

सकारात्मक सोचको विकास गरौं – आफ्नै वडामा बसी चिया छलफल गरौं भन्ने मूल नारासहितको कार्यक्रम २०८२ बैशाख २० गते शनिवार बिहान ६:३० देखि ९:३० बजे सम्म वडा नं. १ को कार्यालय, साङलामा हुने छ।

बिज्ञापन

कार्यक्रममा नगर प्रमुख महर्जन, वडा अध्यक्ष, जनप्रतिनिधिहरूको उपस्थिति रहनेछ। छलफलमा वडाका पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, शिक्षक, कृषक, व्यवसायी, महिला, युवा, बालबालिका, टोल र उपभोक्ता समितिका प्रतिनिधिहरू, भूतपूर्व राष्ट्रसेवक, खेलाडी तथा स्थानीय नगरवासीहरू*लाई सहभागी भइ वडाको विकासका लागि आफ्ना विचार, सुझाव र जिज्ञासा राख्न आग्रह गरिएको छ।

नगर प्रमुख महर्जनले जानकारी दिएअनुसार, चिया छलफल कार्यक्रमलाई अब सबै वडामा विस्तार गरिनेछ र यसलाई तात्तेकश्वर नगरपालिकामा जनसहभागितामूलक योजनाको नयाँ मोडेलको रूपमा अघि बढाइने छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु