काठमाडौं, २०८२ वैशाख – कर्णाली क्षेत्रका युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सामाजिक रुपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्यसहित कर्णाली युथ फाउन्डेशनले नयाँ बोर्ड सदस्यहरूको मनोनयन गरेको छ। फाउन्डेशनका अध्यक्ष मोहन प्रकाश ओलीद्वारा हस्ताक्षरित आधिकारिक सूचनामार्फत विभिन्न जिल्लाबाट १५ जना ऊर्जाशील युवाहरूलाई बोर्ड सदस्यको रूपमा मनोनयन गरिएको जानकारी गराइएको छ।
बिज्ञापन
नयाँ मनोनित बोर्ड सदस्यहरूले आ–आफ्ना जिल्लामा युवाहरूको सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक परिवर्तनका लागि विभिन्न कार्यक्रम तथा अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। फाउन्डेशनले नयाँ टोलीमार्फत संस्थागत संरचनालाई थप मजबुत बनाउँदै युवाहरूको आवाज बुलन्द पार्ने लक्ष्य राखेको छ।
बिज्ञापन
नयाँ मनोनित बोर्ड सदस्यहरूको सूची यसप्रकार छ:
कुल बहादुर ओली – सल्यान
बिज्ञापन
कुम्म सहकारी (देउवा) – कालिकोट
सुमन ओली – रुकुम पश्चिम
नवराज ढकाल – सुर्खेत
धनुष न्यौपाने – जुम्ला
आरति बुढा – हुम्ला
सभ्यादिप गौतम – सल्यान
सुजिता रोकाया – सुर्खेत
कल्पना मल्ल – कालिकोट
सृजना कुमारी शाही – मुगु
खिम प्रकाश डीसी – सल्यान
बसन्त शाही – कालिकोट
खगेन्द्र दुलाल – दैलेख
जनक राज शर्मा – जाजरकोट
टेकेन्द्र उपाध्याय – मुगु
फाउन्डेशनका अनुसार, नव मनोनित बोर्ड सदस्यहरूको सक्रिय सहभागितामार्फत कर्णाली क्षेत्रका युवाहरूको क्षमता विकास, नेतृत्व निर्माण तथा सामाजिक अभियानहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइनेछ।
फाउन्डेशनले नव मनोनित बोर्ड सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सामाजिक रुपान्तरण र युवाहरूको उज्ज्वल भविष्य निर्माणमा सक्रिय रहन आह्वान गरेको छ।