लामो समयपछि वर्षा: काठमाडौंको प्रदूषणबाट राहत

काठमाडौँ । लामो अन्तरालपछि काठमाडौं उपत्यकामा वर्षा भएको छ । उपत्यकाको मुलपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने लगायतका क्षेत्रहरूमा आज दिउँसोदेखि वर्षा भइरहेको छ।

बिज्ञापन

वर्षासँगै काठमाडौंको वायु प्रदूषणमा केही कमी आएको छ। पछिल्ला केही दिनदेखि विश्वका सबैभन्दा प्रदूषित शहरहरूमा पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा झरेको छ। यद्यपि, वायु गुणस्तर सूचकांक (AQI) १७७ रहेकोले अवस्था अझै पनि ‘अस्वस्थकर’ श्रेणीमै छ।

बिज्ञापन

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं मात्र नभई झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान लगायतका विभिन्न जिल्लाहरूमा पनि मेघगर्जन, चट्याङ र हल्का वर्षा भइरहेको छ।

विशेषज्ञहरूका अनुसार यो वर्षाले केही समयका लागि राहत त दिन सक्छ, तर दीर्घकालीन समाधानका लागि वातावरणीय सचेतना र प्रभावकारी नीति आवश्यक छन्। यसबीच, स्वास्थ्यका दृष्टिले नागरिकलाई सतर्कता अपनाउन र आवश्यक परेमा मास्क प्रयोग गर्न सुझाव दिइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु