स्मार्ट बोर्डमार्फत डिजिटल शिक्षामा क्रान्ति, काठमाडौं महानगरपालिका भन्दा अगाडि बढ्दै तारकेश्वर नगरपालिका
बिज्ञापन
काठमाडौं, तारकेश्वर —राजधानी काठमाडौंकै छेउमा रहेको तारकेश्वर नगरपालिकाले शिक्षा, पूर्वाधार, सुशासन र राजस्व संकलनका क्षेत्रमा उदाहरणीय उपलब्धिहरू हासिल गर्दै काठमाडौं महानगरपालिकालाई समेत पछि पार्दै अग्रणी स्थानीय तहको रूपमा आफूलाई स्थापित गरिरहेको छ।
बिज्ञापन
विशेषगरी, डिजिटल शिक्षामा नगरपालिकाले लिएको पहलकदमी अत्यन्तै प्रशंसनीय छ। पालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयहरू (१५ माध्यमिक र ७ आधारभूत) मध्ये सबैमा स्मार्ट बोर्ड स्थापना भइसकेको छ।
२०७९ सालमा पृथ्वीनारायण मा.वि.मा पहिलो सेट स्मार्ट बोर्ड वितरण गर्दै थालिएको अभियानले २०८१ सालको असोजसम्म आइपुग्दा ६१ वटा स्मार्ट बोर्ड वितरणमार्फत सम्पूर्ण विद्यालयहरूमा आधुनिक प्रविधियुक्त शिक्षा लागू गरिसकेको छ। यो पहल अहिले बल्ल सुरु गर्न थालेको काठमाडौं महानगरपालिकाका लागि प्रेरणाको स्रोत बन्न सक्नेछ।
बिज्ञापन
डिजिटल शिक्षाका अतिरिक्त, पालिकाले ४८ वटा अनुदान शिक्षक दरबन्दी सिर्जना गरी पदपूर्ति गरिसकेको छ। साथसाथै, एसईई परीक्षामा GPA 4.0 ल्याउने विद्यार्थीहरूलाई रु ५० हजार नगदसहित ल्यापटप वितरण गरिंदैछ, जसले प्रतिभाशाली विद्यार्थीहरूलाई थप प्रोत्साहन मिलेको छ।
राजस्व संकलनमा पनि तारकेश्वर नगरपालिका लक्ष्यभन्दा अगाडि रहँदै चालु आर्थिक वर्षको चैतमै लक्षित राजस्व संकलन गर्न सफल भएको छ। खानेपानीको क्षेत्रमा १७ करोड रुपैयाँभन्दा बढी लगानीमा विभिन्न आयोजना सञ्चालन भइरहेका छन्।
देशमै पहिलो पटक जेष्ठ नागरिक विद्यालय स्थापना गरिएको छ र सो विद्यालयको भवन हाल निर्माणाधीन अवस्थामा छ। पूर्वाधारका अन्य आयोजनाहरू समेत समयमै सम्पन्न हुँदै आएका छन्। विद्यालयस्तरीय ‘मेयर रनिङ शिल्ड’ प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरिएको छ।
सुशासन, कार्यसम्पादन, लेखापरीक्षण, प्राकृतिक स्रोत तथा वित्त आयोग, र LISA सूचकांकहरूमा समेत काठमाडौं जिल्लाभित्र तारकेश्वर अब्बल देखिएको छ।