नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको सुडालमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
बिज्ञापन
सुडालको महेन्द्र विद्याश्रम माविको आयोजनामा विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ४ सय ७६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिज्ञापन
शिविरमा ६४ जनाको भिडियो रेक्सरे, ६८ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै ५६ जनाको ईसीजी गरिएको थियो ।
२२ जनाको दाँत निकालिएको थियो भने २८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
बिज्ञापन
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।