जडिबुटीस्थित सञ्चो उत्पादन गर्ने स्वदेशी वाम कम्पनी हालै राजावादी आन्दोलनको क्रममा आक्रमणको शिकार भयो। प्रदर्शनकारीहरूको अराजक गतिविधिका कारण कम्पनीमा तोडफोड र आ’गजनी हुँदा लाखौंको क्षति पुग्यो।
बिज्ञापन
कम्पनीमा जडान गरिएको अत्याधुनिक मेकानिकल सिलिङ मेसिन, जसले प्रतिघण्टा ६,००० बोटल सञ्चो भर्न सक्थ्यो, आ’गजनीबाट पूर्ण रूपमा नष्ट भएको छ। यसले उत्पादनमा ठूलो असर पार्ने देखिएको छ।
बिज्ञापन
तोडफोड र आ’गलागीका कारण जीएनपी भवन, ल्याब, ४ सवारीसाधन, तथा अन्य सरकारी गाडीहरू जलेर नष्ट भए। कार्यालयमा रहेका ३५ गाडीमध्ये १३ गाडी त्यहाँ थिए, जसमध्ये ४ जलेर ध्वस्त भए। प्रारम्भिक अनुमानअनुसार आ’गजनीबाट करिब ५० करोड रुपैयाँको क्षति पुगेको छ।
स्वदेशी वाम कम्पनीले ९० जना प्रत्यक्ष कर्मचारी, १,६०० शाखा कर्मचारी, र ९०० किसानलाई रोजगारी दिँदै आएको थियो।