काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर शुक्रबार (मार्च २८) शक्तिशाली भूकम्प गएको छ। ७.७ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार र थाइल्यान्डमा भौतिक क्षति भएको छ।
बिज्ञापन
थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किँदा ४३ जना श्रमिक फसेका छन्। थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको उक्त भवन केही सेकेन्डमै भग्नावशेषमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
बिज्ञापन
अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) अनुसार शुक्रबार दिउँसो म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको बताइएको छ।
















