वडाध्यक्षद्धारा खुँडा प्रहार प्रकरणः शुक्रबार सर्वोच्चमा सुनुवाईको तयारी

बाँकेको राप्तीसोनारी–२, का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीद्धारा खुँडा प्रहार प्रकरणमा सर्वोच्च अदालतले सुनुवाईको तयारी गरेको छ। यसअघि ज्यान मार्ने उद्योगमा उनीसहित नौ जनालाई जिल्ला अदालत र नेपालगञ्ज उच्च अदालतले दोषी ठहर गरेकोमा आरोपितहरु धरौटी माग गर्दै सर्वोच्च पुगेकोमा भोलि पेशी तोकिएको छ।

बिज्ञापन

गत भदौ १ गते वडाध्यक्ष वलीसहित नौ जनाले बाँकेको बिनौना चोकमा शुलभ मल्ल र सन्दीप विष्टमाथि खुँडा र खुकुरी प्रहार गरेको आरोप छ। सन्दिप विष्टकी श्रीमती २८ वर्षीया चेतना पुरी विष्टले नौ जनाविरूद्ध ज्यानमार्ने उद्योगमा प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही मुद्दाको सुनुवाई सर्वोच्च अदालमा पेशी तोकिएको हो।

बिज्ञापन

अहिले वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज वली, ३२ वर्षीय सन्दिप ओली, ३२ वर्षीय रत्न भण्डारी, ३७ वर्षीय लोकेन्द्र डाँगी, ३० वर्षीय विशाल भण्डारी जेलमा छन्। उनीहरुलाई जिल्ला अदालत बाँके र उच्च अदालतले दोषी ठहर गरी पुर्पक्षमा जेल चलान गरिसकेको छ। घटनामा संलग्न पाँच जना नारायण डाँगी, बाला भनिने सन्तोष गुप्ता, नवीन भण्डारी, ऋषी देवकोटा र आगमन प्रताव सिंह अझै फरार छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु