काठमाडौं, चैत – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि नेपाली कांग्रेसका सांसद दीपक गिरिले आपत्ति जनाएका छन्। उनले सरकारको निर्णयलाई ‘अति भयो, खति हुन्छ’ भन्दै कडा आलोचना गरेका छन्।
बिज्ञापन
सामाजिक सञ्जालमा स्टाटस लेख्दै गिरिले भने, अति भयो! अति भयो! अति भए, खति हुन्छ!! यहाँ धेरै कुराहरू अति भईरहेका छन्!!उनले घिसिङलाई हटाउनु गलत भएको र यसको दोष कांग्रेसले समेत व्यहोर्नुपर्ने बताएका छन्।
बिज्ञापन
सांसद गिरि पूर्व उर्जा मन्त्री समेत हुन्। उनले भने, देशमा राम्रो गर्न रातदिन खटेका व्यक्तित्वलाई विद्युत प्राधिकरणबाट हटाउने निर्णय सही भएन। गणतान्त्रिक प्रणालीप्रति नै प्रश्न उठ्ने गरी सरकारले यस्ता प्रत्युत्पादक निर्णयहरू गर्नु हुँदैन।
बर्खास्तीको कारण के?
यसअघि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कुलमान घिसिङलाई स्पष्टिकरण सोधेका थिए। मन्त्रिपरिषद्को बैठकले घिसिङलाई तीन दिने स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक परेको कारण देखाएको थियो।
बिज्ञापन
तर, घिसिङले उर्जा मन्त्रालयलाई जवाफ दिँदै आफू चार वर्षका लागि नियुक्त भएको र सरकारसँग आफूलाई हटाउने कुनै वैधानिक अधिकार नभएको बताएका थिए। उनले आफ्नो कार्यसम्पादन ९८.९९ प्रतिशत प्रभावकारी रहेको दाबी गरेका थिए।