नेपाली कांग्रेसको पहलमा स्टार्टअप सम्मेलन : युवा उद्यमशीलता र आर्थिक रूपान्तरणको अभियान

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा नेपाल स्टार्टअप तथा एसएमई सम्मेलन उद्घाटन भएको छ। बिहीबार वीपीनगर, ललितपुरमा कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए।

बिज्ञापन

स्थानीय उद्यमशीलता प्रवर्द्धन र स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलन दुई दिनसम्म चल्ने छ्। कार्यक्रममा उद्यमी, व्यवसायी, स्टार्टअप संस्थापक, नीति निर्माताहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिज्ञापन

स्वरोजगारका नयाँ सम्भावना खुल्ने
सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले स्थानीय उत्पादन र नवप्रवर्तन प्रवर्द्धन गर्दै युवाहरूका लागि स्वरोजगारका नयाँ अवसरहरू खोल्ने बताएका थिए। उनले भने, _”यस सम्मेलनले नयाँ उत्पादन, सेवा तथा लगानीका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ।”_

८० भन्दा बढी स्टार्टअपका स्टल
कार्यक्रममा ८० भन्दा बढी स्टार्टअप तथा एसएमई व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका छ्न । खानेकुरा, लुगा, स्थानीय जडिबुटी, सूचना प्रविधि (आईटी) तथा फिनटेक स्टार्टअपका स्टलहरूले विशेष आकर्षण पाएका छ्न।

बिज्ञापन

नीति सुधार र आर्थिक रूपान्तरणमा छलफल
सम्मेलनका विभिन्न सत्रहरूमा नीतिगत सुधार, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, लगानीका अवसरहरू, स्थानीय उद्यमशीलता, र नवप्रवर्तनका विषयमा व्यापक छलफल भएको थियो।

सम्मेलनको निष्कर्षका आधारमा प्रतिवेदन र पुस्तक तयार पार्ने, स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्ने तथा नीतिगत सुधारका लागि सुझाव दिने योजना रहेको आयोजकहरू बताउँछन्।

कांग्रेसको अभियान : उद्यमशीलताको प्रवर्द्धन
नेपालमा रोजगारी सिर्जना गर्दै स्थानीय उत्पादनको वृद्धि तथा लगानी प्रवर्द्धनलाई कांग्रेसले प्राथमिकता दिएको संकेत यस सम्मेलनले दिएको छ

नेपाली कांग्रेसको उद्यमशीलता विकास विभागद्वारा आयोजित यो सम्मेलनले युवाहरूलाई स्वरोजगारको नयाँ सम्भावना प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु