काठमाडौं,Indrive सेवा प्रयोग गरी महिला यात्रुमाथि यौन दुर्व्यवहार र ठगी गरेको अभियोगमा चितवन नारायणी न.पा. ४ निवासी हाल काठमाडौं बालाजु बस्ने २५ वर्षीय प्रबिन बराललाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
महिला यात्रुले Indrive city to city service सेवा बुक गर्दा निजले यात्राको क्रममा महिला यात्रीको फोन नम्बर प्राप्त गरी सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उक्त घटनाको जानकारी प्राप्त भएपछि प्रहरीले तत्कालै खोजी कार्य सञ्चालन गरी चन्द्रागिरी नगरपालिका वडा नं. ४ बाट उनलाई पक्राउ गरेको हो।
बिज्ञापन
ठगीमा पनि संलग्न
प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले यात्राको लागि एडभान्स रकम लिएर सम्पर्कविहीन हुने गरेको तथ्य पनि खुलेको छ। प्रहरीले पक्राउ गरेपछि उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीले बरामद गरेको सामग्री
– पक्राउ परेका व्यक्तिको साथबाट एक थान मोबाइल बरामद गरिएको छ।
बिज्ञापन
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। यात्रुहरूसँग प्रविधिको प्रयोग गर्दा सतर्क रहन र कुनै शंका लागेमा तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।
सुरक्षाको लागि आग्रह
यात्रासम्बन्धी सेवाको प्रयोग गर्दा व्यक्तिगत जानकारी सुरक्षित राख्न र कुनै पनि शंकास्पद क्रियाकलाप देखेमा सचेत हुन आवश्यक छ। यस्ता घटनाले प्रविधिको दुरुपयोग र यसले निम्त्याउने जोखिमबारे सबैलाई सतर्क गराएको छ।