नेपालमा सामाजिक सञ्जाल एप भाइबर सूचीकृत भएको छ । मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तयार भएको निर्देशिका २०८० अनुसार पहिलोपटक नेपालमा भाइबर सूचीकृत भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाबमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो । ‘भाइबरले सूचीकरण भएको प्रमाणपत्र लै […]

काठमाडौं । कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था अन्तर्गत यस्तो प्रावधान प्रस्ताव गरेको हो । जसअनुसार आपसी […]

काठमाडौं । तपाईं इयरफोन वा इयरबड कत्तिको प्रयोग गर्नुहुन्छ ? अनि आफ्नो इयरफोन वा इयरबड अरूलाई प्रयोग गर्न दिनुहुन्छ वा अरूको आफूले प्रयोग गर्नुहुन्छ ? सफा नभएको वा अरूले प्रयोग गरेको हेडसेट डिभाइस प्रयोग गर्दा कानमा गम्भीर रोग देखा पर्ने विभिन्न अध्ययनले देखाएका छन् । यसमा कान सङ्क्रमित हुने वा सुन्ने शक्ति नै गुम्ने जोखिम […]

काठमाडौँ। आगामी २४ घण्टामा छ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार शनिवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम […]

सल्यान, यो जमानामा सामाजिक संजालले निकै महत्वपुर्ण भुमिका खेल्छ । आउनुहोस एकै छिन तपाईलाई हामी सल्यानका २ स्थानिए निकायको यात्रा सामाजिक संजालको वेवसाईट र फेसबुक बाट संगै गराउछौँ ।सबै भन्दा पहिले आउनुहोस् बनगाड कुपिण्डे नगरपालिकाको यात्रा वेवसाईट बाट गराउछौँ । बनगाड कुपिण्डे नगरपालिका सबै भन्दा पहिले तपाई तपाईको मोबाईल वा कम्प्युटरको ब्राउजर खोल्नुहोस् । अनि […]

काठमाडौं । वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो । उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम […]

काठमाडौं । नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० पुसकाको मासिक भुक्तानी प्रणाली सूचकमा क्यूआर कोड मार्फत ३८ अर्ब ५९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ। मंसिरमा क्यूआर कोड मार्फत ३८ अर्ब ६ करोड रुपैयाँ भुक्तानी भएको थियो। मंसिरको तुलनामा पुसमा क्यूआर कोड मार्फत हुने […]

  कुन आईफोन किन्ने ? नेपाली बजारमा यस्तो छ पछिल्लो मूल्य सूची काठमाडौं । नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत एन्ड्रोइड स्मार्टफोनकै बजार ठूलो छ । अर्कोतर्फ विश्वकै प्रतिष्ठित ब्राण्ड एप्पलले पनि आफ्ना आईफोन नेपाली बजारमा विस्तार गरिरहेको छ । पछिल्लो समय नेपाली उपभोक्ताका लागि कम्पनीले आईफोन १५ सिरिजका विभिन्न मोडल उपलब्ध […]

काठमाडौँ । दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरूले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको स्थलगत अनुगमन गरेका छन् ।   राष्ट्रिय सभाका दुई समितिका सदस्यहरूले बिहीबार निर्माणाधीन संसद भवनको भौतिक प्रगतिको बारेमा जानकारी लिनुका साथै स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दिगो विकास तथा सुशासन […]

काठमाडौँ । क्यान महासंघका अध्यक्ष रन्जीत पोद्दारले प्रविधि क्षेत्रलाई बलियो बनाउन सके मात्रा देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् । क्यान महासंघको आयोजनामा आजदेखि सुरु भएको २९ औँ क्यान इन्फो टेक २०२४ को उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष पोद्दारले महासंघको स्थापनकालबाट केन्द्रदेखि स्थानीय तहसम्म संगठन विस्तार गर्दै यस क्षेत्रलाई थप बलियो बनाउँदै देशको अर्थतन्त्रमा ठूलो […]