काठमाडौं– त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट ४९९ ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। शनिबार राती कतारको दोहाबाट हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं आएका झापाका खगेन्द्र दर्जीलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा शरिरमा सुन लुकाएर ल्याएका दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। कतारमा रहेका एक व्यक्तिले उनलाई सुन बोकाएर नेपाल पठाएको […]