राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा चार पदका निम्ति मतदान जारी छ । उपप्रमुख सुनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । बालेनको सचिवालयका अनुसार महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न नगएका हुन् । […]
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ । मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा आठ राजनीतिक दलका ५१ उमेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, […]
काठमाडौँ – सरकारको एक्सन रुम नै एक्सनमा भन्दा निर्देशन केन्द्रित बन्दा गेमचेञ्जर मानिएका राष्ट्रिय गौरवका आयोजनामा सरकारको हस्तक्षेप बढ्न सकेको छैन । सरकारको कार्यशैलीप्रति प्रधानमन्त्रीकै असन्तुष्टीले देखाउँछ–जनतामा कुन हदसम्मको असन्तुष्टी होला ? सरकार आफ्नै कामसँग असन्तुष्ट हुने अवस्थामा पुगेकै हो त ? सर्वसाधारणमा सरकारप्रतिको नैराश्यताको हद पार गर्दा सरकार नै आफ्ना काममा सन्तुष्ट छैन । […]
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना (काठमाडौं–निजगढ) निरीक्षण गर्न जानेको भीड देख्दा लाग्छ, ‘नामअनुसारको काम भइरहेको छ ।’ अर्थात् सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । वास्तविकता चाहिँ ठीक उल्टो छ । नाम ‘द्रुतमार्ग’ राखिए पनि निर्माण ‘कछुवा गति’मा छ । कामअनुसारको नामै राख्ने हो भने यसको नाम ‘द्रुतमार्ग’ नभई […]
काठमाडौँ, माघ ९ गते । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ ।प्रजातन्त्र सेनानी स्वर्गीय गोबद्र्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उहाँ २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बन्नुभएको थियो […]
१५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा जाहेरी परेको अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट शुक्रबार पक्राउ अनुमति पाएको छ। किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका पंचा सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, […]
काठमाडौँ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए । जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब […]
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाले उक्त आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका हुन् । उच्चको आदेशले नौजना यस मुद्दामा पुर्पक्षका लागि थुनामा छन् भने ११ जनाको हकमा […]
केपि शर्मा ओलिले बिश्वबिद्यालयलाइ आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न जरुरी देखिएको बताए
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरे । अध्यक्ष […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन्। युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड विहान काठमाडौं अवतरण गर्नेछन्। युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरिसकेका छन्। सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।