राजनीति
पोखरा । संविधानले दिएको अधिकार दिन संघ सरकारले ढिलो गरहेकोमा प्रदेश सरकारहरूले आक्रोश पोखिरहेका छन् । विशेषतः प्रहरी र कर्मचारी समायोजनका ऐन प्रतिनिधिसभामा अड्किरहेका छन् । जसका कारण प्रदेशमा प्रहरी र कर्मचारी समायोजनका काम हुन सकेको छैन । प्रदेश सरकार स्थापनाको ६ वर्षसम्म पनि संघले अत्यवाश्यक ऐन नबनाइदिएका कारण मुख्यमन्त्रीहरूको मोर्चाबन्दीदेखि संघलाई अल्टिमेटम दिनेसम्मका काम […]
जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यप्रक्रियामा शीघ्रता कायम गर्न सुशासन ऐन बमोजिम सो निर्णय गरी नेपाल सरकारका सबै मन्त्रालयहरूमा परिपत्र गरिएको छ । जसअनुसार अब […]
काठमाण्डौँ , गोङ्गबु आवासीय क्षेत्र भित्र उद्योग चलाउन नपाईने भएको छ । आज काठमाण्डौँ महानगरपालिकाले गोङ्गबु आवासीय क्षेत्र भित्रको एरियामा महानगरको टिमले माईकिङ गदै उक्त क्षेत्रमा संचालन रहेका उद्योगहरु स्थान्तरण गर्न अनुरोध गरेको छ । आवास क्षेत्रभित्र कलकारखाना तथा उद्योग र मेनपावर समेत संचालन गर्न नपाउने जनाएको छ । महानगरलेको टिमले माईकिङ गर्दै सात दिन […]
नवलपुर । नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका अधिकांश सुस्तावासी नेपाली नागरिकताबाट वञ्चित छन् । सुस्तामा हाल २६५ घरधुरीका तीन हजार १३३ जनसङ्ख्या रहेकामा झन्डै एक तिहाइले मात्र नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीका अनुसार सुस्ताका एक हजार ८३ जनाले मात्र नेपाली नागरिकता पाएका छन् । सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ यादवका अनुसार उमेर […]
सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरूद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ। बुधबार कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिसिल झिकाउने आदेश गरेको हो। रूपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरूद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो। […]
काठमाडौँ । नवलपुरमा बसको ठक्करबाट नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ । गैंडाकोट कालीगण्डकी चोक नजिकै ग १ ख ८५४७ नम्बरको बसले पौडेलसवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मत्यु भएको हो । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको शव […]
काठमाडौं । एनसेलको शेयर खरिद बिक्री प्रकरणबारे छानबिन गर्न बनेको समितिले खरिद सम्झौता कानूनसम्मत नभएको भन्दै यथास्थितिमा स्वीकार नगर्न सरकारलाई सिफारिस गरेको छ । समितिका संंयोजक टङ्कमणि शर्मा दङ्गालले सम्झौताका शर्तहरु हेर्दा कानूनसम्मत नभएको भन्दै यो खरिद सम्झौता यथास्थितिमा स्वीकार गर्न सकिने अवस्था नदेखिएको समितिको निष्कर्ष भएको बताउनु भयो । उहाँले वैधानिक अपेक्षाको उल्लंघन भएकोबारे […]
‘सुनिल शर्माले माओवादी उम्मेदवारलाई हरायो भन्नु गलत कुरा हो । त्यसरी जुन माओवादी नेताले भन्यो त्यो असाध्यै अपरिपक्व, गैर राजनीतिक मानिसले भनेको होला । म त्यसको घोर भर्त्सना गर्छु । मैले त्यस्तो गर्ने हो भने माओवादीलाई हराउने मेरो प्लान हुन्थ्यो भने म भनेरै हराइदिन्थे । मलाई कुनै मतलब थिएन । म किन डराउँथे ? तर […]
न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेका छन् । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उनले बताए । […]
काठमाडौं । राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ । निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् भने महिला क्लस्टरमा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । त्यस्तै मधेस प्रदेशमा महिला क्लस्टरमा जसपाका पूजा चौधरी […]