काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भई हाल सम्म कै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि […]

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २ हजार ८ सय मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताउनुभएको छ । बिहीवार काठमाडांैमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले नेपालको जलविद्युत उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै १० वर्षमा २ […]

फुङ्लिङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताउनुभयो । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ […]

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो । गाउँपालिकाका सातवटै वडाका कृषकलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन […]

गलेश्वर । सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । नगरप्रमुख केसीले सङ्गीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो […]

तुलसीपुर, (दाङ) । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताउनुभयो । दीपकको उपचारका […]

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ज्यातिषी सुरेशचन्द्र रिजालले जबरजस्ती करणीको अभियोगमा दोषी ठहर भई ८ वर्षको कैद सजाय पाएका क्रिकेट सन्दीप लामिछानेको फैसला उल्टिने दाबी गरेका छन् । लामिछानेविरुद्धको मुद्दाको आज उच्च अदालत पाटनले फैसला सुनाउँदै छ । ज्योतिषी रिजालले लामिछानेको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग परेको दाबी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत् […]

काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि मुटुको रोगलगायतका समस्यामा रहँदै आउनुभएको थियो । दिवंगत नेपालले प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गर्नुभएको थियो ।

दमौली । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको छैन । आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन […]

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा परेको छ । आज उक्त मुद्दाको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । यसअघि पनि न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ मा […]