खेलकुद
काठमाडौँ। दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको हो । अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनायो […]
काठमाडौँ । मंगलबार बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्यो । अफगानिस्तानको यो जितसँगै अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । २०२१ को टी–२० च्याम्पियन अस्ट्रेलियाले यस प्रतियोगितामा ‘असभ्य खेल’ खेल्ने प्रयास गर्यो । समूह चरणमा अस्ट्रेलिया र इंग्ल्याण्ड एउटै समूहमा थिए । स्कटल्याण्डसँगको खेल वर्षाले रद्ध हुनु र अस्ट्रेलियासँग पराजित भएको इंग्ल्याण्ड प्रतियोगिताबाट […]
काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ खेलाडीले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी–२० लिग खेल्नेछन् । सन्दीप र दीपेन्द्र टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् । सन्दीप र दीपेन्द्रले यसअघि नै […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईएल टी २० लिग खेल्ने भएका छन् । यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई क्लब गल्फ जायन्ट्सले टिममा पुनः राखेको हो ।गल्फ जायन्ट्सले नेपालका अलराउन्डर ऐरीसहितको सूची सार्वजनिक गरेको छ । ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्ट्सबाट ६ टिम सम्मिलित आईएल लिग खेलेका थिए । […]
-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो । लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन […]
नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले […]
काठमाडौँ । टी–२० विश्वकपमा बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ […]
जारी आईसीसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि सोमबार पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्दैछ । किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा हुनलागेको खेल बिहान ०५:१५ बजे सुरु हुनेछ । भोली नेपाल बंगलादेशसँग १० वर्षअघि व्यहोरेको हारको बदला लिने प्रयासमा हुनेछ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपको पहिलो चरणमा नेपालले घरेलु टोलीसँग पराजित भएको थियो […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेको अगामनपछि टोली बलियो बनेको बताएका छन् । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाको खेलअघि रोहितले यस्तो बताएका हुन् । नेपालले शनिबार बिहान तेस्रो खेलमा सुपर ८ मा पुगिसकेको दाबेदार टोली दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाले भिसा नदिएका कारण सुरुआती दुई खेल […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा प्रभावित बनेको हो । समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका […]