ढोरपाटन (बागलुङ) : बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो । बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन् । भारी हिमपातका […]

म्याग्दीको रघुगंगा गाउँपालिका–८ राहुघाटखोला हुँदै लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ । हिउँदयाममा चरनका लागि बेसीका फाँटमा झारिएको गोठलाई लेकाली क्षेतर्फ लैजान थालिएको छ । तस्बिर : कमल खत्री

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उहाँ अलैँची बगानमै भेटिनुहुन्छ  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थाल्नुभएको छ । सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त […]

काठमाडौँ । रसुवाकाे जुरेढुङ्गा केन्द्रिवन्दु भएर भूकम्प गएको छ । आज बिहान ९ बजेर ४५ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । नेपालमा पछिल्लो समय फागुन २८ गते बाजुराको जुगाडा केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ । विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको छ । शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ । शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले […]

पोखरा । पोखरामा उद्यमी तथा व्यवसायीले सरकारको उचित नीतिको अभावले व्यापार व्यवसाय धरासायी हुँदै गएको गुनासो गरेका छन् । शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा कोभिड र तत्कालीन सरकार–माओवादीको सशस्त्र द्वन्द्वको समयमाभन्दा पनि अहिले आर्थिक संकट चुलिएको उनीहरूको भनाइ छ । राजनीति तथा तथा सरकारले व्यसायीका गुनासा नसुन्ने तथा आवश्यक […]

ढोरपाटन, (बागलुङ) । आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका […]

काठमाडौँ । सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो । सहमतिपछि लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले विरोधका कार्यक्रम फिर्ता लिएको छ । लघुवित्त कम्पनीहरूका लागि नियामक नेपाल राष्ट्र […]

म्याग्दीको रघुगंगा गाउँपालिका–८ राहुघाटखोला हुँदै लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ । हिउँदयाममा चरनका लागि बेसीका फाँटमा झारिएको गोठलाई लेकाली क्षेतर्फ लैजान थालिएको छ । तस्बिर : कमल खत्री/रासस

हुम्ला । ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाएपनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्युनतम आधारभुत सेवाको अभावमा बसाईं सर्न बाध्य भएका छन् । जलवायु परिवर्तजन्य समस्या र त्यस्ता समस्या खेप्न बाध्य आफ्ना नागरिकलाई सरकारले विशेष सहुलियत प्रदान गर्न नसक्दा अहिले हिमाली क्षेत्रका बस्तीहरु रित्तिन थालेका हुन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको […]