काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताउनुभएको छ । बुधवार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताउनु भयो । उहाँले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको बताउनु भयो […]

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ । महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकाराण्डा फूलका ठूला […]

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, […]

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारपले नै आफ्नो पार्टी फुटाइदिएको आरोप लगाउनु भएको छ । आज पत्रकार सम्मेलन आयोजना गरीयादबले आफूलाई पार्टी फुट्नुमा बाहिर हल्ला आएको जस्तै आशंका रहेको बताउनु भयो । उहाँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुडिन्छ । वर्षभरि खाने अन्न र तरकारीबाली जङ्गली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका—१६ स्थित तरेगणाकी गङ्गादेवी अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । “वर्षभरी खोने अन्न र […]

नयाँदिल्ली । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् । एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्राय: अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य […]

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो र दीपिका पादुकोणको विवाहको तस्बिर हटाएका छन् । मंगलबार, फ्यानहरूले रणवीरको सोशल मिडिया ह्यान्डलहरूमा विवाहको तस्बिरहरू देखेनन् । रणवीरले यी तस्विरहरू डिलिट गरेका छन् वा अभिलेखमा राखेका छन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । दीपिकाको इन्स्टाग्राम ह्यान्डलमा भने विवाहका सबै तस्बिरहरू उपलब्ध छन् । रणवीरको […]

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा […]

काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज गोपनियताको शपथ लिँदै हुनुहुन्छ । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ दिलाउने कार्यक्रम छ । त्यसलगत्तै उहाँलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिइने छ । यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिनु भएपछि प्रधानमन्त्री दाहालले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिनुभयो । “बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,” प्रधानमन्त्री दाहालले भन्नुभयो, […]