काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अर्थमन्त्री पुनले अर्थतन्त्रमा अहिले देखिएको शिथिलता हटाउन सरकारले निजी क्षेत्रको खस्केको मनोबल उकास्ने र केही क्षेत्रमा सुधारात्मक तथा रुपान्तरणकारी नीति […]

२७ वैशाख, काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय […]

काठमाडौं। जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहले यो चलचित्रमा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्त्वपूर्ण भुमिका रहेको बताएका छन्। सोसल मिडिया फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफुलाई सृजनशील तवरले ट्रेलरमा देखाइएको जनाएका छन्। उनले लेखेका छन्, “निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो […]

काठमाडौं । युवाहरुको आशा र सपना पूरा गर्छु भनेर गत निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला अलमलमा छ । नयाँ जोश,जाँगरका साथ निर्वाचनमा होमिएको रास्वपालाई आम नेपालीहरुले छोटो समयमा नै विश्वास गरेर प्रतिनिधि सभाको २१ सिटमा जिताए पनि । नो नट अगेनको नारा बोकेर निर्वाचनमा राम्रो सिट प्राप्त गरेको रास्वपा यतिबेला त्यही नाराको भारीबाट […]

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो । उहाँको यही वैशाख २५ गते निधन भएको हो । गुरुङको आज अन्त्येष्टि गरिने […]

नेपालगञ्ज। लागुऔषध कारोबारी पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । कोहलपुरमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । प्रहरीको गोली लागेर लागुऔषध कारोबारी कोहलपुर-१२ चप्पलगौडीका २६ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । परियारसँगै प्रहरीले सोही ठाउँका २७ वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ […]

काभ्रेपलाञ्चोक । आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिङ्गटा लागेर भूइँमा पछारिए । धेरैबेरसम्म होश खुलेन । होस खुल्दा घर सम्पूर्ण रुपमा भष्म भइसकेको थियो । पचास वर्षिय लामाको जीवनमा ठूलै बज्रपात लागेको थियो । लामा जलेको घर नियाल्न तेस्रो दिनसम्म पनि सामूहिक टेण्टको बसाईबाट चियाइरहनुहुन्थ्यो । अब कसरी परिवारलाई कहाँ […]

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको बताउनुभएको छ । काँग्रेस र एमाले दुई ठूलो पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आम धारणा बन्न गएको दाबी गर्दै उहाँले सो सम्बन्धमा ठोस संवाद भने भई नसकेको प्रष्ट्याउनुभएको हो । बुधवार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा प्रमुख सचेतक लेखकले […]

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् । खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी […]

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको आधिकारिक फेसबुक पेजमा १० लाख फलोअर्स पूरा भएका छन् । बुधवार उनको सन्दीप लामिछाने नामक पेजले यो आँकडा पार गरेको हो । उनले उक्त पेजमार्फत खेल सम्बन्धी गतिविधि तथा व्यक्तिगत कुरा शेयर गर्दै आइरहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर […]