समाचार
काठमाडौं । काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला परेको छ । पाँचखाल नगरपालिका वडा नं ४ मा एक जना पुरुषको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको हो । तारले रुखमा बाँधेर जलाइएको अवस्थामा २५ वर्षभन्दा कम उमेरको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।शवको पहिचान हुन […]
२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन बाँडिएको छ । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेका हुन् । उक्त प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख छ । प्रहरी अनुसन्धानका आधारमा रुपन्देही सरकारी वकिलको कार्यालयले यही वैशाख ३ गते […]
सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ। ‘सरकारको नीति तथा कार्यक्रम जेठ १ गते पेस गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘राष्ट्रपतिज्यूले दिएको समयअनुसार आउने १ गते अपराह्न ३ बजे नीति तथा कार्यक्रम […]
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा विकासका लागि बजेट अभाव रहेको बताउनुभयो । उहाँले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, […]
रामपुर । पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो । रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को गैराका आगलागीबाट पीडित ६ घरपरिवार तथा पूर्वखोला गाउँपालिका–६ का नौ परिवारलाई प्रतिपरिवार रु १५ हजारका दरले राहत वितरण गरिएको हो । यही वैशाख […]
ललितपुर । ललितपुर महानगरपालिका–१३ कुसुन्तीको नख्खु खोला करिडोरमा रातभरि टिपर गुड्दा स्थानीयले निन्द्रा नपर्ने गुनासो गरेका छन् । लालितपुरको टीकाभैरवको ढुङ्गाखानीबाट सञ्चालन हुने टिपरका कारण ललितपुर–४ नख्खु खोला पुलबाट रानेबुसम्म बस्तीका बासिन्दा टिपरको कारण समस्यामा परेका हुन् । अन्य ठाउँमा पक्की सडक भए पनि नख्खु खोला करिडोरको करिब दुई किलोमिटर सडक पक्की छैन । पक्की […]
उदयपुर । यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सहत सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीयवासी बताउँछन् । त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० दिनदेखि […]
जनकपुर । धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) […]
२७ वैशाख, काठमाडौं । रुसी सेनामा भर्ना भएका कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान विराजनको अन्त्येष्टि गरेका हुन् । कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बासिन्दा विराजन पूर्वनेपाली सेनासमेत हुन् । विराजन विष्ट र निराजन विष्ट […]
काठमाडौँ । सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१ स्थित बैंकमा कार्यरत परशुराम फुयालको हत्या भएको हो । धारिलो हतियार प्रयोग गरेको अवस्थामा उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । उनको राति नै हत्या भएको प्रहरीको अनुमान छ । फुयाल सोही वडाका स्थानीय बासिन्दा हुन् […]











