काठमाडौं । सरकारविरुद्ध नेपालीसहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राख्दै कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठनको माग राखेको छ । त्यस्तै, गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि माग गरेको छ । प्रदर्शनमा […]

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानविन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ भएको बताउनुभएको हो । उहाँले आफूहरु गृहमन्त्री लामिछानेको नाम तोकेरै […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताउनुभएको छ । आईतवार संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गर्नुभएको हो । उहाँले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिनुभएको भन्दै उक्त व्यक्तिलाई तत्काल […]

मध्यपुर थिमि । हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशन नेपाल तथा पेरिस, फ्रान्सको फाउण्डेशन ‘एस’ को संयुक्त आयोजनामा एकदिने वृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । आदर्श मावि लायकु (दरवार क्षेत्र) हातामा शनिबार आयोजना गरिएको उक्त शिविरमा सामान्य स्वास्थ्य परिक्षणको साथै महिला सम्वन्धि रोग र मिर्गौला रोगको परिक्षण र विशेषज्ञ सेवा समेत दिई नि:शुल्क औषधि वितरण […]

काठमाडौं । उपप्रधान तथा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चालेको कदमप्रति कुनै गुनासो नभएको बताएका छन् । काठमाडौंको सडकलाई लिएर संघीय सरकारसँग असन्तुष्टि जनाउँदै मेयर शाहले शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । सडक विभाग अगाडि धुलोसहितको फोहोर थुपारीएको सन्दर्भमा मन्त्री महासेठले यस्तो […]

म्याग्दी । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयवासी र पर्यटक समस्यामा परेका हुन् । चार वर्षपछि खुलेको कोरला नाकाको […]

नयाँदिल्ली । ’दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको शनिबार अधिकारीहरूले पुष्टि गरेका छन् । घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल”मा उपचार भइरहेको छ । राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी सात नवजात शिशुको मृत्युको घटनालाई लिएर दु:ख […]

काठमाडौँ । आर्थिक वर्ष २०८१–०८२ को बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । बैठकमा सहभागिताका लागि पौने १ बजेभित्र नै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई सभामुखले अनुरोध गरेका छन् । #बजेट

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११:३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १:१० बजे बस्ने गरी बैठकको समय […]

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताउनुभएको हो । अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले […]