व्यापार
लिस्बन । इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुराँअन्तर्गत सापकोटाले सञ्चालन गरेको उक्त रेष्टुराँ उत्कृष्ट १२औँ मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको […]
फुङ्लिङ । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुग्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा गत वैशाख […]
काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भई हाल सम्म कै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि […]
वालिङ । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पुर्याएर बिक्री गर्ने उहाँको दैनिकी निकै लामो छ । मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उहाँले बताउनुभयो । “मौसम अनुसार उत्पादन हुने […]
गलेश्वर । सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । नगरप्रमुख केसीले सङ्गीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो […]
राष्ट्रिय युवा परिषदको BooTcamp business incubation तालीम सफलता पुर्बक सम्पन्न, नेपाल सरकार राष्ट्रिय युवा परिषदको आयोजना र फ्युचर नाउको सहकार्यमा बैशाख २३ देखी संचालन भएको युवाका नविन सोच र विचारहरुलाई उधममा परिणत गर्ने Bootcamp business incubation तालिम ८ औं दिनमा आज समापन भएको छ। कार्यक्रममा विभिन्न युवाका नविन सोच तथा विचारलाई तालीममा सहभागी गराईएको थियो। […]
धरान, (सुनसरी) । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गर्नुभएको छ । उहाँहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा […]
कमलामाई । सिन्धुलीको जुनार बगैँचामा प्रोटिन–वेट छिट्न सुरु गरिएको छ । जुनारमा लाग्ने औँसा कीरा व्यवस्थापनका लागि प्रोटिन–वेट छर्किन सुरु गरिएको हो । यसले जुनार तथा सुन्तला जातका फलफूलमा लाग्ने औँसा कीरा व्यवस्थापन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख यमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रोटिन वेट विषादीयुक्त हुन्छ, जुनारको फल […]
तनहुँ । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् । महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भरतर्फउन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताउनुभयो । रु २५ हजारका दरले लगानी गरेर उद्योग […]
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो । महासङ्घका अनुसार […]