Author: सुधार आवाज
काठमाडौँ – सरकारको एक्सन रुम नै एक्सनमा भन्दा निर्देशन केन्द्रित बन्दा गेमचेञ्जर मानिएका राष्ट्रिय गौरवका आयोजनामा सरकारको हस्तक्षेप बढ्न सकेको छैन । सरकारको कार्यशैलीप्रति प्रधानमन्त्रीकै असन्तुष्टीले देखाउँछ–जनतामा कुन हदसम्मको असन्तुष्टी होला ? सरकार आफ्नै कामसँग असन्तुष्ट हुने अवस्थामा पुगेकै हो त ? सर्वसाधारणमा सरकारप्रतिको नैराश्यताको हद पार गर्दा सरकार नै आफ्ना काममा सन्तुष्ट छैन । […]
बाँकेमा खुलेआम यौनजन्य ब्यवसाय फस्टाउँदै आएको छ । देशमा आर्थिक मन्दी चलिरहेको समयमा पैसा कमाउने लोभमा बाँकेका विभिन्न स्थानमा यौनजन्य ब्यवसाय मौलाउदै गएको तथ्य खुलेको हो । बाँकेकै ठूलो शहर नेपालगन्जको न्युरोड, धम्बोझी, आदर्शनगर चोक र कोहलपुरका दशबीघा आसपासका होटेलहरु संग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्राहक संग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएका […]
राजविराज कारागारका एक कैदीको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका-३ का ३५ वर्षीय गोरिया भनिने बिरेन्द्र कुमार मलाहाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ । मानसिक सन्तुलन गुमेको र मृगौला रोगबाट पीडित मलाहालाई अक्सिजनस्तर कम भएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । मृतकका ससूरा महादेवा गाउँपालिका -३ वथनाहाका […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत […]
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना (काठमाडौं–निजगढ) निरीक्षण गर्न जानेको भीड देख्दा लाग्छ, ‘नामअनुसारको काम भइरहेको छ ।’ अर्थात् सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । वास्तविकता चाहिँ ठीक उल्टो छ । नाम ‘द्रुतमार्ग’ राखिए पनि निर्माण ‘कछुवा गति’मा छ । कामअनुसारको नामै राख्ने हो भने यसको नाम ‘द्रुतमार्ग’ नभई […]
काठमाडौं । धनगढीका एक व्यवसायीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् । कैलाली प्रहरीका डीएसपी कुलदीप चन्दका अनुसार अग्रवालले आफ्नै घरको पाँच तलाबाट हामफालेर आज बिहान आत्महत्या गरेका हुन् । आत्महत्याको कारण भने खुलेको छैन ।
काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसईई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा प्रकाशन गरिने बताए । उनका अनुसार बोर्डले […]
काठमाडौं, ९ माघ । क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको संख्यामा सीमा तोकेको बताइएको छ । २०२४ को लागि, संघीय सरकारले ३ लाख ६० […]
काठमाडौं, माघ ९ गते । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आज (मङ्गलबार) देखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का सङ्केत चिह्न राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट […]
काठमाडौँ, माघ ९ गते । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ ।प्रजातन्त्र सेनानी स्वर्गीय गोबद्र्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उहाँ २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बन्नुभएको थियो […]