हास्य कलाकार कुल बहादुर वलीको नयाँ गीत ‘उठ कान्छा उठ’ सार्वजनिक, गाउँघरको मर्म झल्कने टिपिकल प्रस्तुति

खस भाषा संरक्षक तथा चर्चित हास्य कलाकार कुल बहादुर वलीले फेरि दर्शक-श्रोताको मन छुने अर्को सिर्जना बजारमा ल्याएका छन् ।

बिज्ञापन

‘उठ कान्छा उठ’ नामक यो गीत हालै लोकेस जलनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ, जसले गाउँघरको मौलिक जीवनशैलीलाई हास्यरस मिसाएर प्रस्तुत गरेको छ ।

बिज्ञापन

सल्यान जिल्लामा जन्मिएर संघीय राजधानी काठमाडौंलाई कर्मथलो बनाएका वलीले यस गीतमार्फत पुनः हास्यव्यंग्यको स्वाद दर्शकहरूलाई चखाएका छन् । साहित्यकार लोकेस जलनको उत्कृष्ट शब्द र मन छुने लयमा आधारित यस गीतमा कुलबहादुर वली र सुनिता सुनारको कर्णप्रिय स्वर रहेको छ ।

‘उठ कान्छा उठ’ गीतको शब्द संरचना र संगीतले ग्रामीण समाजमा पाइने रमाइला संवादहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । केटा-केटी बीचको झगडालु तर मायालु गफगाफलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ, जसले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ ।

बिज्ञापन

गीतमा केटा आफ्नी प्रेमिकालाई बाइकमा घुमाउन चाहन्छ भने केटी भने मोटरसाइकल भएको प्रेमी खोज्दैछिन् । यसले ग्रामीण परिवेशमा प्रेमसम्बन्धमा आउने हास्यास्पद परिस्थितिलाई कुशलतापूर्वक उजागर गरेको छ। गीतका हरफहरू सुन्दा झन् रोचक लाग्छः

केटा:
उठ कान्छा उठ, अल्छि नगर उठ
छोरिटी भेट्न जाने हो, मकै भट्ट भुट

केटी:
अझैसम्म सुतेइछेस, आङमै घाम लाग्यो
पल्ला घरे कुले हेर, भित्र आइ आइगो

गीतको भिडियोमा कुलबहादुर वली, गोबिन्द बिबश, रमिता गुरुङ लगायत थुप्रै कलाकारहरूको दमदार अभिनय रहेको छ । गाउँघरको वातावरणमा छायांकन गरिएको भिडियोले दर्शकलाई वास्तविक ग्रामीण जीवन शैली महसुस गराउँछ ।

यस गीतलाई लोकेस जलनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । निर्माण टोलीले दर्शक-श्रोताहरूलाई गीत सुनेर आफ्ना सल्लाह-सुझाव दिन पनि आग्रह गरेको छ ।

यसरी, हास्यरसले भरिएको ‘उठ कान्छा उठ’ गीतले गाउँघरको यथार्थ चित्रण गर्दै श्रोताहरूलाई मनोरञ्जन प्रदान गरिरहेको छ ।

गित हेर्न र सुन्न तलको link क्लिक गर्नु होला ।
Uth kanxa Uth song

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु