काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् ।
उनले पक्षमा २८ मत पाए भने विपक्षमा शून्य मत पर्यो ।
बिज्ञापन
नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए । कांग्रेस र नाउपा रेशम पक्षले भने मतदान बहिष्कार गरेका थिए ।