सल्यान — सल्यानमा माघ १८ गतेदेखि सञ्चालिक सांस्कृतिक महोत्सव स्थलमा भिषण आगलागी भएको छ । शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सवस्थलमा शनिबार राति ११ बजेतिर आगलागी भएको हो।
बिज्ञापन
आगलागीबाट महोत्सवमा बिक्रीका लागि राखिएका स्टल र त्यसमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् । स्टलमा राखिएको लाखौं मूल्य बराबरको सामग्री जलेर नष्ट भएको व्यापारीले बताएका छन् ।
बिज्ञापन
आगलागीका कारण महोत्सव पनि पूर्ण रुपमा प्रभावित भएको छ । राति ११ बजेतिर लागेको आगो स्थानीय, व्यवसायी, महोत्सव सञ्चालक तथा सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । उनका अनुसार महोत्सव स्थलभित्र १ सय ६० स्टल राखिएको थियो । ३० स्टलमा राखिएका सामग्री जलेर नष्ट भएका छन् । बचेका पनि काम नलाग्ने अवस्थामा छन् ।
बिज्ञापन
तारबारका लागि राखिएका टिनका पाताहरुसमेत जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ । हालसम्म तीन करोड बढीको सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ । आगोबाट स्टलका सामग्री जलेर नष्ट भएपछि व्यापारीहरुले आयोजकसँग क्षतिपूर्तिको माग गरेका छन् ।