सल्यानमा बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते मध्य एकको अवस्था गम्भीर
बिज्ञापन
सल्यानमा स्कुल बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छ्न ।
बिज्ञापन
बुधबार दिउँसो सल्यान छत्रेश्वरी गाउँपालिका-६ ,भोटेचौरमा रा १ ख६०४ नम्बरको मोर्डन तुल्सी बोडिङ स्कुलको बस र रा ६ प ७७३० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिएका छ्न ।
एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार सल्यान शारदा नगरपालिका १ श्रीनगरका मोटरसाइकल चालक ३६ वर्षीय संगीत खड्की र शारदा नगरपालिका-२ का सञ्जय विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाका अनुसार खड्कीको श्रीनगर स्थित मेट्रो अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र विकको श्रीनगरमा उपचार भइरहेको छ। थप विवरण आउन बाकी