सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या
May 9, 2024
काठमाडौँ । सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१ स्थित बैंकमा कार्यरत परशुराम फुयालको हत्या भएको हो ।
धारिलो हतियार प्रयोग गरेको अवस्थामा उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । उनको राति नै हत्या भएको प्रहरीको अनुमान छ ।