शारदा नगरपालिकाको लोगो सार्वजनिक: ऐतिहासिक मन्दिर, शारदा नदी, टिमुर, अदुवा र खुकुरी समावेश

शारदा नगरपालिका, सल्यानले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ। राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको अवसर पारेर नगरपालिकाले लोगो सार्वजनिक गरेको हो।

बिज्ञापन

नयाँ लोगो नगरपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, र आर्थिक विशेषताहरूलाई झल्काउने गरी तयार गरिएको छ। यसमा नगरपालिकाको प्रमुख धार्मिक स्थल खैरावाङ भूवनेश्वरी मन्दिर, नगरको उर्वराभूमि सिंचित गर्ने शारदा नदी, वडा नं. ७ र ९ मा उत्पादन हुने टिमुर, वडा नं. १४ माल्नेटामा उत्पादन हुने अदुवा, र सल्यानको पहिचानसँग जोडिएको सल्यानको खुकुरी समावेश गरिएको छ।

बिज्ञापन

शारदा नगरपालीकाका नगर प्रमुख प्रकाश भण्डारीले , नयाँ लोगो नगरपालिकाको मौलिकता झल्काउने गरी डिजाइन गरिएको र यसले यहाँको सांस्कृतिक सम्पदा, प्राकृतिक स्रोतहरू र आर्थिक महत्त्वलाई उजागर गर्ने बताएका छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु