तपाइँहरुले रबि लामिछानेको भाषण सुन्नु भएको छ ? उनको भाषण र शासनको सम्बन्ध पुस्तौ पुस्ताको छैन । रबिको दरबारमा अहिले प्रजाका दु:ख सुन्ने कोहि छैन । सत्ताको मातले रबि अहिले एती मातिएका छन जुन मातले अहिले उनी निदाएका छन । सायद सत्ताको मात र आसेपासेको चाप्लुसिले उनी अहिले छुटै संसारमा छन ।
बिज्ञापन
आज हामी आउनुस रबिको दरबारको कथा सुनाउँछौ । आज एक जना ब्यवसायी सुचना तथा संचार मन्त्रालयमा “ओके टोक्के” प्रयोगको लागि अनुमति लिनको लागि जान्छन । शिंह दरबारको गेटैमा गेट पास देखाएर उनी सुचना तथा संचार मन्त्रालयमा जान्छन । मन्त्रालयले गृह अन्तर्गत पर्ने भन्दै गृहमन्त्रालय मा पठायो । उनी सरासर गृहमन्त्रालय तर्फ अगि बढिरहेका थिए । तर उनिलाइ गृहमन्त्रालय प्रवेशमा रोक लगाइयो । उनी एक्छिन त अल्मल परे, रबिको शासन सम्झिए अनि उनिलाई रबिका प्रत्यक भाषणको सम्झना आँखै अगाडि आयो । उनीले प्रहरीलाई सोधे हामिलाइ किन रोकिएको ? मन्त्रालयमा हामी कामले गर्दा आउने हो भनेर । प्रहरीको जवाफ थियो, मन्त्रालय छिर्न अहिले पास आवस्यक पर्छ ।
ब्यवसायी सामान्य ब्यवसायको लागि आवस्यक पर्ने “ओके टोक्के”को प्रयोग अनुमती लिन मन्त्रालय गएका थिए । तर बाहिर गेट पास अनि फेरि मन्त्रालय छिर्न अर्को पास चाहिने भएपछी ब्यवसायी अलमल परे ।
अनि फेरि सम्झिए रबिको मन्त्रालयमा सिधा आएर भेट्नुहोस भन्ने भाषण । उनिलाइ लाग्यो रबिको दरबारमा पर्जाको कुनै हैसियत छैन । सामान्य नागरिकको पहुच नहुने दरबार भन्दा जनताको समस्याको सुनुवाइ हुने झुपडी नै उत्तम हो ।
बिज्ञापन
भाषणमा देश र जनता सिरोधार गर्ने रबिको भनाइ र ब्यवहारको बास्तबिकता कयौ गुना फरक छ । उनी आम जनताले भने र सोचे जस्तो सजिलो छैन्न । उनी राजनीति र फटाहाका चतुर खेलाडी हुन । कान्डै कान्डले घेरीएका उप-प्रधान तथा गृहमन्त्री रबि लामिछाने अहिले सुरक्षाको समेत कडा घेरामा बस्न रुचाउछन ।
चुनाबमा जनता नै सबै मान्ने तर सत्तामा पुगे लात हान्ने नेतालाइ “मिसन ८४” मा कबिकै भाषामा नाकको डाँडी भाँचिनेगरी हानेर जनताले ९ डाँडा कटाउन जरुरी छ ।