अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
बिज्ञापन
अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको बताइएको छ ।
बिज्ञापन
आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्नेछन् । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामति इतिहासमै यो सम्भवतः पहिलो घटना रहेको छ ।
अर्यालसँग सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।