मध्यरातमा बिपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री आरजु राणाको इरानी समकक्षी अब्बास आराघचीसँग संवाद

काठमाडौं, — इजरायल-हमास द्वन्द्वका क्रममा बेपत्ता भएका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल जारी राखेको छ। यसैक्रममा, नेपाल सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका परराष्ट्रमन्त्री महामहिम सेय्यद अब्बास आराघचीसँग टेलिफोन वार्ता गर्नुभएको छ।

बिज्ञापन

वार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले जोशीको अवस्थाबारे गहिरो चासो व्यक्त गर्दै उनको सकुशल रिहाइ सुनिश्चित गर्न इरान सरकारमार्फत आवश्यक पहल गर्न अनुरोध गर्नुभयो। इरानी परराष्ट्रमन्त्री आराघचीले हमासका अधिकारीहरूसँग हुने आफ्नो आगामी बैठकमा बिपिन जोशीको विषय उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

बिज्ञापन

नेपाल सरकारले जोशीको सुरक्षित फिर्तीका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ। परराष्ट्रमन्त्री राणाले जोशीको रिहाइ सुनिश्चित गर्न नेपाल कुनै पनि कूटनीतिक प्रयासबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ।

नेपाल सरकारले बिपिन जोशीको परिवारका साथै आम नेपाली नागरिकलाई ऐक्यबद्धता प्रकट गर्दै घटनाको निरन्तर अनुगमन गरिरहेको जानकारी दिएको छ। साथै, नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै यो विषयलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु