प्रधानमन्त्री पाएको सल्यान जिल्लाले अहिलेसम्म दमकल पाउन सकेको छैन, जसका कारण आगलागी हुँदा करोडौंको क्षति बेहोर्नु पर्ने बाध्यता रहेको छ। पटक–पटक मन्त्री, सांसद बनेका नेताहरूको प्रतिनिधित्व भए पनि जिल्लामा आधारभूत आवश्यकताका रूपमा रहेको दमकल ल्याउने पहल गर्न नसक्दा स्थानीयवासीले ठूलो पीडा खेप्नु परिरहेको छ।
बिज्ञापन
दमकल अभावले आगलागी नियन्त्रणमा समस्या
सल्यानका विभिन्न स्थानमा बेलाबेला हुने आगलागीमा करोडौको संरचना र सम्पत्ति नष्ट भइसकेको छ। घर, पसल, गोठ, खेतीयोग्य जमिनलगायतका संरचना आगलागीका कारण ध्वस्त हुने गरेका छन्। स्थानीय तहहरूमा दमकल नहुँदा आगो निभाउन कठिनाइ हुने गरेको छ, जसले गर्दा नियन्त्रण गर्न नसक्दा क्षति अझ बढ्ने गरेको छ। हालै मात्र सल्यानको श्रीनगरमा लागेको महोत्सव मा आगलागी हुदा ३ करोडको क्षती भएको छ ।
बिज्ञापन
नेताहरू उदासीन, स्थानीयवासी निराश
नेताहरू पटक–पटक मन्त्री र सांसद भए पनि जिल्लाको प्राथमिक आवश्यकतामा ध्यान नदिएको स्थानीयवासी गुनासो गर्छन्। “हामी पटक–पटक माग गर्दै आएका छौं, तर कसैले सुनुवाइ गरेन। हरेक वर्ष आगलागी हुँदा करोडौंको क्षति हुन्छ, तर समाधानको पहल अहिलेसम्म भएको छैन, एक स्थानीय व्यवसायीले भने।
स्थानीय सरकारको पहल कता?
हालसम्म दमकल ल्याउन कुनै ठोस पहल नभएको देखिन्छ। केही स्थानीय तहहरूले दमकल खरिदको विषयमा छलफल गरिरहेको भए पनि पर्याप्त बजेट नहुँदा समस्या भएको बताइएको छ। प्रदेश सरकार र संघीय सरकारसँग पहल नगर्दा जिल्ला नै जोखिममा परेको स्थानीय जनप्रतिनिधिहरू स्वीकार्छन्।