काठमाडौँ । प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै लामालाई सार्वजनिक गरेको हो । उनी दुई दिन अघि पक्राउ परेका थिए ।
बिज्ञापन
कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् । लामाले पत्रकारहरुसँग आफूमाथि झुटो आरोप लागेको बताए ।
बिज्ञापन
प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने धारणा राख्दै उनले भने – ,‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुपर्यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहिँ मैंले न्याय पाउँछु जस्तो लागेको छ । मलाई आश छ तपाईहरुले सत्यतथ्य समाचार सम्प्रेशण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ ।’
केन्द्रीय अनुसन्धान ब्युरोले लामामाथि अनुसन्धान गरिरहेको छ । कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामा विरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा छ ।
बिज्ञापन
त्यस्तै, पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । जसमा १२ करोडको हाराहारीमा बिगो माग दाबी रहेको छ ।